आर्थिक वर्ष २०७७-०७८ को बजेट (पूर्ण पाठसहित)

आर्थिक वर्ष २०७७-०७८ को बजेट (पूर्ण पाठसहित)


सरकारले आर्थिक वर्ष २०७७-०७८ को बजेट सार्वजनिक गरेको छ । बुधवार सङ्घीय संसद्मा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्व ७४ अर्वको ६४ करोड रुपैयाँको बजेट पेस गरेका हुन् । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आगामी वर्षका लागि उक्त बजेटको घोषणा गरेका हुन्। यो बजेट चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटको तुलनामा न्यून हो

चालु आर्थिक वर्ष २०७६-0७७ का लागि भने सरकारले १५ खर्व ३२ अर्वको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्व ४८ अर्व, पुँजीगततर्फ ३ खर्व ५२ अर्व ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्व ७२ अर्व रुपैयाँको बजेट विनियोजन गरिएको छ । बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्व ८९ अर्व रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्व, वैदेशिक ऋणबाट २ खर्व ९९ अर्व रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताएका छन् । बजेटले स्वास्थ्य सेवा तथा पूर्वाधारका लागि विशेष कार्यक्रम तथा योजना ल्याएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका सरकारले यसअघि नै ल्याएको राहत कार्यक्रमलाई बजेटबाटै निरन्तरता दिने घोषणा गरेको छ। कोरोना कारण उत्पन्न आर्थिक तथा समिजक प्रभावलाई न्यूनीकरणका गर्नका लागि सरकारले राहत कार्यक्रम पनि ल्याएको छ। पूर्ण पाठका लागि यहाँ क्लीक गर्नुहोस ।


Comments

Popular posts from this blog

कालीगण्डकी उपत्यकाका पालिकाहरुलाई कालीगण्डकी नदिलाई व्यबसायिक प्रयोगका लागि नितिमा पेश गर्ने अबसर

THE IMPACT OF GLOBALIZATION ON FAST-FOOD RESTAURANT FRANCHISE – SUBWAY

REFLECTIVE ESSAY ON “CRITICAL THINKING AND MANAGERIAL DECISION MAKING”