महामारी नियन्त्रणका लागि विश्वका केही मुलुकका अनुभव


बाबुराम अर्याल


वर्षको डिसेम्बरमा पहिलोपटक कोभिड-१९ भनिने नोभल कोरोना भाइरस वुहानमा देखिए पछिको ४ महिनाको अन्तरालमा ४ लाख ८५ हजार भन्दा बढी सङ्क्रमित र ३ लाख तिस हजार भन्दा बढीको कोभिड१९ का कारण मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड१९ लाई गत मार्च ११ मा मात्र यसलाई एक विश्वव्यापी महामारीका रुपमा व्याख्या गरेको थियो । त्यसपछि मात्र विश्वका देशहरुले यस महामारीको रोकथामका मापदण्डहरु अपनाउन थालेका थिए । विज्ञहरुका अनुसार कोभिड१९ को मूल प्रजनन संख्या करिब तीनको हाराहारीमा छ । अर्थात् एकजना संक्रमितले आफ्नो संक्रमणकालमा करिब तीनजनालाई यो रोग सार्छ । औषधि र खोपको अभावमा यो मूल प्रजनन संख्यालाई कम गर्ने उपाय सामाजिक चेतना हो जसका लागि राजनीतिक नेतृत्वको भूमिका महत्तवपूर्ण हुन्छ । 
2019-nCoV. China pathogen respiratory coronavirus 2019-nCoV. Flu spreading of world, China map, arrows, floating influenza virus cells. Dangerous chinese ncov corona virus, SARS pandemic risk alert
फलस्वरुप विश्व मानव समुदाय र अपवादमा केही मुलुकबाहेक सवै मुलुकलाई आक्रान्त पारेको कोभिड१९ को महाव्याधीबाट पार पाऊन यतिवेला अधिकांश मुलुकले लकडाउनको विधिलाई प्रमुख विधिको रुपमा अपनाइरहेका छन । ताइवान, दक्षिण कोरिया, न्युजिल्यान्ड, अस्ट्रेलिया र स्लोभेनिया जस्ता देशमा राजनीतिक नेतृत्वको सतर्कताले मूल प्रजनन संख्या एकभन्दा मुनि रह्यो । चीन, इटाली, स्पेन, जर्मनी आदि देशहरूमा यो संख्या अहिले एकभन्दा तल झरेको छ। अमेरिकामा अहिले यो घटेर करिब एकको हाराहारीमा छ । ब्राजिल, रूस आदिमा यो अझै उच्च छ । गत हप्ताको आकडाअनुसार भारतमा यो एक दशमलव तीनको हाराहारीमा छ। अर्थात् संक्रमण बढ्दोछ । वास्तममा यसको व्यापक फैलावटलाई नियाल्दा जटिल खोजअनुसन्धान एवं प्रयोगद्वारा स्थापित गरेको वैज्ञानिक मान्यताहरु, सिङ्गो मानव सम्यता र प्रविधिलाई नै चुनौती दिईरहेको देखिन्छ ।
Coronavirus disease 2019 (COVID-19)

सङ्क्रमण असाध्यै तीव्र गतीमा फैलिएसँगै यसबाट बच्न सबैखाले उपायहरु अवलम्बन गरिएको छ । तर पनि अपेक्षित सफलता हात लागेको देखिन्न । कोरोना भाइरसका कारण हरेक मुलुकका हरेक कामका क्षेत्र प्रभावित छन् । बिश्वका आर्थिक रुपले सबल मानिएका सम्पन्न, शक्तिशाली मुलुकहरुले आफूसँग उपलब्ध श्रोत र साधनको अधिकतम उपयोग गर्दै आफ्ना प्रयासहरु जारी नै राखेका छन् । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि जारी गरीएको विश्वव्यापी लकडाउनका कारणले दैनिक कामकाज बन्द हुँदा अर्थतन्त्र, रोजगारी, कृषि, पर्यटन, व्यापार तथा व्यवसाय, पूर्वाधार तथा विकास निर्माणका लगायतका कामहरु प्रभावित भएका छन । यसै सन्दर्भमा यस लेखमा विश्वमा भएका केही व्यवहारिक कदमहरु र गर्नुपर्ने केही सुझावहरु प्रस्तुत गरिएको छ ।
Wuhan city located in China. The City where the Coronavirus outbreak spread in China. Countries where the virus has spread. Coronavirus Map.

लकडाउन वा बन्दावन्दी
आज सिङ्गो विश्व नै बन्दाबन्दीको अवस्थामा छ । कसैले यसलाई निरपेक्षरूपमा लिएको देखिन्छ भने कसैले सापेक्षरूपमा । चीनले कडा लकडाउनको विधिमार्फत यसलाई एक हदसम्म नियन्त्रण गर्ने प्रयास गर्यो । पछिल्लो समय प्रायः बहुसङ्ख्यक मुलुकहरुले चिनियाँ मोडेललाई अपनाइरहेका छन । यसको अपवादमा यता अमेरिका र दक्षिण कोरियाले भने कडा बन्दाबन्दीको विधि अपनाएको छैन । तर यस विधिबाट कोरिया सापेक्षित सफल भए पनि अमेरिकाको अवस्था भने विकराल बनिरहेको छ । अलजजिरा का अनुसार दक्षिण कोरिया महामारीलाई सफलतापूर्वक नियन्त्रण गर्ने देश मध्येमा पर्दछ ।
USA map with covid-19 virus concept. Coronavirus is spread to all over the USA and infected to all countries. Vector illustration of red map design with influenza virus. Covid 19 map.
न्युजिल्याण्डमा मार्च २३ देखि फोर्थ लेभलको लकडाउन गरिएको थियो । अत्यावश्यकबाहेक सबै व्यापार व्यवसाय बन्द थिए । हलभित्र र बाहिर गरिने सबै कार्यक्रममा रोक लगाइएको थियो । विद्यालय बन्द गरेर अनलाइन क्लास  सुरू गरियो । केही सुपरमार्केट र औषधि पसलमात्र खोलेर नियमित दैनिक जीवन चलाइयो । लकडाउन गरेको पाँच सातापछि न्युजिल्याण्डले कोभिड-१९लाई हराउने आफ्नो लक्ष्यमा सफलता पायो । धेरैलाई लाग्छ- कोरोनाभाइरसविरूद्ध पाएको यो सफलतामा न्युजिल्याण्डले उत्सव मनाउनु पर्छ तर प्रधानमन्त्री आर्डनले भने नागरिकलाई अहिले उत्सव मनाउनुको साटो झन् चनाखो हुनु पर्ने बेला भएको बताएकी छन् । ‘हामी अझै खतराबाट बाहिर आइसकेका छैनौं,’ उनले भनेकी छन् ।

लकडाउन खुकुलो पार्ने तयारी गर्दै गर्दा जर्मनीमा कोरोना भाइरसको संक्रमणदर बढ्न पुगेको छ । अप्रिलको सुरुतिर जर्मनीले कोरोना भाइरस नियन्त्रणमा रहेको घोषणा गरेको थियो । यद्यपि त्यहाँ नयाँ संक्रमणदर बढेर करिब १.० पुगेको छ । अर्थात् प्रत्येक एक संक्रमितले नयाँ मानिसलाई संक्रमण फैलाइरहेको छ । केही दिनअघिसम्म जर्मनीमा नयाँ संक्रमणदर ०.७ भन्दा तल झरेको थियो । त्यस्तै जर्मनीमा मृत्युदर पनि बढ्न थालेको छ अहिलेसम्म त्यहाँ एक लाख ८० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ८ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
Germany map with covid-19 virus concept. Coronavirus is spread to all over the world and infected to countries. Vector illustration of red map design with influenza virus. Covid 19 Germany map.

छिमेकी भारतमा सङ्क्रमण दिन दुगुना र रात चौगुना बढ्नेक्रममा देखिन्छ । भारत विश्वमा ११ रौ स्थानमा छ । जहाँ कोरोना संक्रमितको संख्या १३१ हजार नाघ्यो, भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३८०० वढी छ । भारतमा देखिएका यी संङक्रमितहरूमध्ये ८ हजार ३२४ जना भने उपचारपछि निको भएर फर्किएका छन् । शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको छ । महाराष्ट्रपछि गुजरात लगायत राजस्थान, मध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा उच्च संक्रमित रहेका छन ।  यस भाइरसको संक्रमणमा विश्वमा नै एघारौ  स्थानमा रहेको र यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) साथै संकटग्रस्त क्षेत्र कम वढी आदि घोषणा गरी अगाडी वढिरहेको छ । 
India map with covid-19 virus concept. Coronavirus is spread to all over the world and infected to all countries. Vector illustration of red map design with influenza virus. Covid 19 India map.

यस्तो वस्तुगत अवस्थामा मूलतः बाहिरी मुलुकसँगको आवतजावत बन्द गर्नु नेपालका लागि महत्वपूर्ण पाइला हो । त्यसमा पनि भारतसँगको खुला सिमाना असाध्यै संवेदनशील छ । यसकारण वैदेशिक सिमानाका पूर्णरूपमा बन्द गर्नु प्राथमिक सर्त हुनजान्छ । तर नागरीकहरु आफ्नो मातृभूमी फर्कने व्यवस्था भने व्यवस्थित तवरले गर्न जरुरी छ । भारतसँगको आउजाउ हाम्रो लागि धेरै चुनौतीपूर्ण छ ।

आपतकालीन समयको घोषणा
जापानमा संयुक्तराज्य अमेरिका र युरोपको जस्तै कोरोना संक्रमण छैन । आजसम्म जापानमा करिब १६ हजारमा कोरोना संक्रमण देखिएको छ भने ८०८ जनाको मृत्यु १३२४४ निको भएका छन् ।  तर जापानमा कम परीक्षण गरिएको भन्दै आलोचना हुने गरेको छ । एएफपीका अनुसार कोरोनाभाइरसको संक्रमणको वास्तविक वृद्धिदर अस्पष्ट रहेको उनीहरुको भनाई छ । जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरसका कारण आपतकाल जारी गरेका छन ।  कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण फैलिएसँगै आपतकाललाई देशव्यापी बनाइएको थियो । प्रधानमन्त्री आबेले आपतकाललाई मे महिनाभर वा अर्को जुन महिनाको ६ तारिखसम्म थप गर्न सक्ने स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
After Thailand, Japan confirms imported case of new coronavirus ...

व्यवस्थित र र्यापिड परीक्षण
जति धेरै परिक्षण गर्न सकिन्छ त्यति वढी सङ्क्रमण पत्ता लाग्छ जसले गर्दा उपचार गर्न तथा थप फैलिनवाट नियन्त्रण गर्न सकिन्छ । तसर्थ कोभीड१९ को सङ्क्रमण कम गर्ने अर्को मुख्य विधि भनेको व्यापक परीक्षण नै हो । प्राविधिक स्वास्थ्य जनशक्तिको परिचालन, भौतिक पूर्वाधार र प्रविधिको पर्याप्तता, व्यवस्थित आईसोलेसन तथा क्वारेन्टाईन, सामग्री खरिद र विरामीहरुको समुचित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्नुपर्दछ । स्रोत साधनहरुको  बृहत् व्यवस्थापन गर्दै देशभरि व्यापक परीक्षणको नीति लिनुपर्दछ । उच्च मनोबल र विश्वाससहित काम गर्न स्वस्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई प्रोत्साहन र हौसलाजन्य कार्यत्क्रमहरु ल्याउनुपर्दछ । अर्थात व्यापक ट्रयाकिङ र ट्रेसिङसँगै गरिएको आम परीक्षणको बलमा आन्तरिक रूपमा बन्दाबन्दी केही खुकुलो गर्न सकिने सम्भावना देखिन्छ । उदाहरणको रुपमा न्युजिल्याण्डले परीक्षणको दायरामात्र बढाएनपरीक्षण गर्ने उपकरण पनि भरपर्दा प्रयोग गर्‍यो ।
विश्व स्वास्थ्य संगठनको आपतकालीन स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डाक्टर माइक रायनका अनुसार कुनै राज्य वा देशले गरेका परीक्षणमध्ये ९ प्रतिशत वा सोभन्दा कम पोजेटिभ केस देखिए भने त्यो देशले राम्ररी परीक्षण गरेको हुन सक्छ । न्युजिल्याण्डको पोजेटिभ केस भेटिने दर एक प्रतिशतमात्र थियो। यसको अर्थ त्यहाँ सरकारको राडारमा नपरेको समुदायस्तरको संक्रमण फैलिसकेको छैन भन्ने हो । त्यसैगरी अरू देशमा एक जना कोरोना संक्रमितले झन्डै २.५ मानिसलाई कोरोना सारेको देखिएको छ तर न्युजिल्याण्डमा भने यो दर ०.४ प्रतिशत छ । अर्थात् त्यहाँ दुई जना संक्रमितबाट एक जनामात्र मात्र संक्रमण थपिएको छ । प्रधानमन्त्री आर्डनले भनेकी छिन की अझैपनि  ‘यसले हामीलाई कोरोनाभाइरस उन्मूलन गर्ने हाम्रो लक्ष्य लक्ष्य भेटायौं भन्नुको अर्थ संक्रमितको संख्या शून्य नै भयो भन्ने नभइ हरेक संक्रमणप्रति शुन्यसहनशिलता भन्ने हो,’  
Netherlands map with covid-19 virus concept. Coronavirus is spread to all over the world and infected to countries. Vector illustration of red map design with influenza virus.

सामाजिक र भौतिक दूरी कायम गर्ने र निगरानी तथा अनुगमनमा कडाइः
विहान साझपख मानिसको भिडभाड देख्दा लाग्छ लकडाउन सोझा साझा जनतालाई रहेछ । त्यसकारण स्थानीय निकायको व्यापक निगरानी तथा अनुगमन आवश्यक छ । कोभिड१९ जस्ता महामारीबाट बच्नको लागि सामाजिक दूरी कायम गर्नु सर्वाधिक महत्त्वपूर्ण पक्ष हो । सामाजिक दूरी भनेको एक व्यक्तिबाट अर्को व्यक्ति बीचका सबैखाले सामाजिक तथा सांस्कृतिक सम्पर्क वा गतिविधिलाई बुझाउँछ । अर्थात समाजमा गरिने सबैखाले उठबस वा सम्बन्धहरु यसभित्र पर्दछ । सरकारी काम, सामाजिक कार्य, बन्दव्यापार, किनमेल लगायतको गतिविधिहरु गर्दा असाध्यै संवेदनशील र सचेत भएर दूरी कायम गर्नुपर्दछ । अत्यावश्यक वाहेकका काममा वाहिर ननिस्कने । नागरीक सचेत वनि नागरीक शिक्षाको परिपालना गर्नुपर्छ ।
अस्ट्रेलियामा अर्थशास्त्रीहरूले सरकारलाई कोरोना भाइरसको संक्रमण रोकथाममा प्रभावकारी मानिएको सामाजिक दूरीको अभ्यासलाई खुकुलो पार्न नहुने चेतावनी दिएका छन् । कोरोना संक्रमितको संख्या घट्दै आएको भएपनि उनीहरूले त्यस्तो नगर्न चेतावनी दिएका हुन् । कोरोना भाइरस फैलिन सुरु भएपछि आफ्ना अन्तराष्ट्रिय सीमानाकाहरू बन्द गर्नुका साथै मानिसहरूको चहलपहलमा प्रतिबन्ध लगाएको अस्ट्रेलियामा कोरोनाको प्रभाव विश्वका अन्य मुलुकको तुलनामा कम छ । प्रधानमन्त्री स्कट मोरिसनले नागरिकहरूलाई सामाजिक दूरीका नियमहरु पालना गर्न आग्रह गरेका छन् ।
Australia map with covid-19 virus concept. Coronavirus is spread to all over the world and infected to countries. Vector illustration of red map design with influenza virus. Covid 19 Australia map.
स्वस्थ्य मापदण्डमा कडाइः
चोकचोकमा अहिले पनि चुरोटको धुवाले मानिसलाई लकडाउन होईन की भन्ने अनुभुति दिलाउँछ । रक्सीको व्यापार भारतमा जति त नहोला तर नेपालमा पनि मदिराको कालावजारी हुने हो की भन्ने संका गर्ने वेला आईसकेको छ । एजेन्सीहरुले जनाए अनुसार इरानका अधिकांश भागमा रक्सी प्रतिबन्ध रहेको छ । विषाक्त मादक पदार्थ रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेका कुल ७२८ जनाको मृत्यु भएको इरानका अधिकारीहरुले जनाएका छन् । इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या  ७ हजार ३५९ पुगेको छ भने, १३३ हजारभन्दा बढी संक्रमित भएका छन् । एएनआई का अनुसार यो संख्या मध्य पूर्वकै सवैभन्दा धेरै भएको र विश्वमा दशौ स्थानमा रहेको जनाइएको छ । 
Iran map with covid-19 virus concept. Coronavirus is spread to all over the world and infected to countries. Vector illustration of red map design with influenza virus. Covid 19 Iran map.
तसर्थ कुनै पनि महामारी विरुद्धको अचुक अस्त्र भनेको हरेक नागरिकले आफ्नो स्वास्थ्यको आफै ख्याल राख्ने पनि हो । सबैखाले स्वस्थ्यमा सधैँभन्दा बढी ध्यान दिनुपर्दछ । सरसफाइमा जोड गर्नुपर्दछ । साबुनपानीले मिचिमिची हात धुने, नियमित नुहाउने, ज्वरो चेक गरिरहने, मास्क लगाउने अनि सेनिटाइजरको प्रयोग गर्नुपर्दछ । त्यति मात्र होइन, हातले मुख, नाक र आँखालाई छुनु हुँदैन । हाछ्युँ गर्दा र सिगान फ्याँक्दा रुमालको प्रयोग गर्नुपर्दछ । कुनै पनि कार्यालय, हाटबजार, मलामी लगायतको जमघटहरुमा उपस्थित हुँदा मास्क लगाउने र सेनिटाइजरको अनिवार्य उपयोग गर्नुपर्दछ ।

प्रमाणित विज्ञानमा भर

ओटागो विश्वविद्यालयको जनस्वास्थ्य विभागका प्राध्यापक माइकल बेकरका अनुसार न्युजिल्याण्डबाट सिक्न सकिने पाठ भनेको प्रमाणित विज्ञान र सही नेतृत्वको मिश्रण हो । लकडाउनभरि प्रधानमन्त्री आर्डन नियमित पत्रकार सम्मेलनमा उपस्थित भइन् । पत्रकारले सोधेका कतिपय प्रश्नको उत्तर दिन उनले  विज्ञ डाक्टरलाई सँगै राखिन् । न्युजिल्याण्डमा प्रमाणित विज्ञान र सानदार नेतृत्वबीच अद्भूत संयोजन भयो । मलाई लाग्छ यी दुई सँगै हुँदा निकै प्रभावकारी हुन्छन्,’ बेकरले भने,‘न्युजिल्याण्डभन्दा निकै राम्रो विज्ञान र स्रोत र भएका अमेरिकाबेलायतजस्ता मुलुकले पनि त्यसको प्रभावकारी प्रयोग गर्न नसकेको देखेर मलाई साँच्चै दु:खी बनाउँछ ।क्यानडा सरकारले कोरोनाभाइरसबाट जुध्न देशका नागरिकका लागि १८.६ विलियन डलर आर्थिक प्याकेजको घोषणा गरेको छ । त्यसैगरी प्रधानमन्त्री जस्टिन ट्रुडोले अर्थतन्त्रमा पारेको असरलाई उत्थान गर्न र कोरोनाभाइरसका कारण संघर्ष गरिरहेका परिवार तथा व्यापारीहरूलाई प्रत्यक्ष रूपमा सहयोग गर्न २७ विलियन डलर छुट्याउने घोषणा गरेका हुन् ।
Canada map with covid-19 virus concept. Corona virus is spread to all over the world and infected to countries. Vector illustration of red map design with influenza virus.

जनचेतनामा वृद्धिः
मलाई केही भएको छैन भनेर लखरलखर डुल्नु तपाँइको गल्ती हो । अर्कालाई भएको हुन सक्छ र सर्नसक्छ । अनावश्यक काममा डुल्नु कोरोनाको वर्खिलाप हो । तपाई सङक्रमित हो वा होईन परिक्षण नै भएको छैन त्यसैले आफ्नो र परिवारको मात्र नभई समाज र राष्टको निम्ति यतिवेला तपाईको योगदानको आवश्यकता छ । कोभिड१९ को असर, प्रभाव, लक्षण र संवेदनशीलताको बारे व्यापक जनचेतनामूलक प्रचारप्रसार गर्नुपर्दछ । समाचार संम्पेषण तथा पढ्दा पनि छानेर पढ्ने वानीको विकास गर्नु छ ।

तसर्थ यो भाइरसको लक्षण, सर्ने सम्भावित माध्यम, क्षति, बच्ने उपाय र त्यसबाट पर्न जाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभावको सन्दर्भमा व्यापक प्रचारप्रसार अनिवार्य देखिन्छ । फगत सामाजिक सन्जालका ताई न तुईका हल्लाका पछाडी नलाग्दा नै वेश ।

बोस्नियामा भने लकडाउन खुकुलो पारेसँगै कोरोना भाइरसको संक्रमणमा तीव्र वृद्धि भएको छ । बोस्नियाक-क्रोट फेडरेशन र सर्ब रिपब्लिक दुबैले गत महिना कोरोना भाइरसको प्रकोपपछि लकडाउन गरेका थिए । यहाँ ६५ वर्ष माथिका जेष्ठ नागरिक र १८ वर्ष मुनिका बालबालिकालाई घर बाहिर जान प्रतिबन्ध लगाएको छ । तर सर्ब रिपब्लिकले जेष्ठ नागरिकहरूलाई प्रत्येक दिनमा तीन घण्टा घर बाहिर निस्कन मिल्ने व्यवस्था मिलाएको थियो । त्यस्तै केही व्यवसायहरू पुनः खोल्ने अनुमति दिइएको थियो । तर बोस्नियाको दुई क्षेत्रमा लकडाउन सहज पारेसँगै कोरोना भाइरसका नयाँ संक्रमित संख्यामा महिनाकै उच्च दैनिकी वृद्धि देखिएको छ । नयाँ संक्रमति केस पुष्टि भएको अधिकारीहरूले संक्रमणमा वृद्धि देखिएसँगै नागरिकहरूलाई पुनः भेला नगर्न र सधै मास्कको प्रयोग गर्न आग्रह गर्दै आएको छ । यसले के देखाउँछ भने संक्रमणवाट सजग रहन नागरिकमा चेतना र पालना दुवै आवश्यक पर्दछ ।
Federation of Bosnia and Herzegovina - Bosnia and Herzegovina ...

तत्कालको  काम आइसोलेसन
अकल्याण्ड युनिभर्सिटीका माइक्रोबायोलोजिस्ट सिओक्सी वाइल्सले विविसीमा दिएको जानकारी अनुसार न्युजिल्याण्डले यति कडा कदम चाल्नुका पछाडि केही कारणहरू छन् । ‘हामीसँग अरू देशका तुलनामा धेरै इन्सेन्टिभ केयर बेड छैनन् । त्यही भएर प्रधानमन्त्रीले जतिसक्यो चाँडो कडा कदम चाल्नुभयो’ 

न्युजिल्याण्ड सुरूदेखि नै कोभिड-१९ विरूद्धको लडाइँमा कतै नचुकी काम गरेको थियो । त्यहाँ पहिलो संक्रमित फेब्रुअरी २८ मा भेटिएका थिए । समुद्रको बीचमा रहेको राष्ट्र भएकाले यहाँ विदेशी उडानको ट्रान्जिट पनि हुँदैन । अर्को कुरा अमेरिका र अष्ट्रेलियाजस्तो संघीयता त्यहाँ छैन यो एकात्मक शासन प्रणाली भएको देश हो । तर यी कारणलेमात्र न्युजिल्याण्डले कोरोनालाई हराउन सकेको होइन । उसले जे विधि अपनाएको छ त्यही विधि संसारका अरू कयौं मुलुकले पनि अपनाउन सक्थे- तत्काल काम थाल्नेपरीक्षणको दायरा फराकिलो पार्ने र प्रमाणित विज्ञानमा पूर्ण भर पर्ने ।  अरू थुप्रै देशले झैं न्युजिल्याण्डले पनि यसलाई रोक्न आवश्यक कदम नचाले महामारी फैलिने ठान्यो । तर कतिपय देश के गर्ने कसो गर्ने भनेर अलमलिएन्युजिल्याण्डले तत्कालै काम थालिहाल्यो ।

अन्य कडाइः 
मुख्यतः यस्तो सङ्कटको बेला सर्वपक्षीय संयन्त्रहरुको एकीकृत पहल, प्रयत्न र विचार साटासाट धेरै प्रभावकारी हुन्छ । यसले सबैलाई जिम्मेवार र गम्भीर बनाउँछ । नागरीकका कर्तव्य भूल्ने अनि सरकारमाथि दोष थोपर्दै आफू पन्छिने अनि सस्तो चुनावी लोकप्रियताका लागि राजनीतिक धरालत बनाउने पुरानै परम्परागत प्रवृत्तिलाई पनि निरुत्साहित गर्दछ । यसतर्फ सरकारले उचित ध्यान दिनु जरुरी देखिन्छ । किनकि यो साझा शत्रु हो ।  साझा दुस्मनविरुद्ध लड्ने तरिका पनि साझा नै हुनुपर्दछ । युरोपका राष्ट्रहरु मध्ये फ्रान्सले समेत कोरोना भाइरस संक्रमणका कारण उच्च मृत्यु दर सामना गरेको छ । फ्रान्स मार्च १७ देखि लकडाउनमा रहँदै आएको छ । मृतक संख्या बढेपनि पछिल्लो समय त्यहाँ संघन उपचार गर्नुपर्ने विरामीको संख्यामा भने १.३ प्रतिशतको मात्र वृद्धि देखिएको छ । यसैगरी त्यहाँ लगातार सघन उपचार कक्षमा आउने विरामीको संख्या घटेको छ । फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपले सार्वजनिक यातायात र विद्यालयमा मास्कको अनिवार्य गर्नुपर्ने बताएका छन् । उनले सबै कम्पनीलाई आफ्नो कर्मचारीहरुलाई मास्क वितरण गर्ने आदेश दिइएको बताएका छन् । केही स्थानमा भने सरकारले समेत सहयोग गर्ने प्रधानमन्त्री फिलिपले बिबिसीलाई बताएका छन् ।
France map with covid-19 virus concept. Coronavirus is spread to all over the world and infected to countries. Vector illustration of red map design with influenza virus. Covid 19 France map.
निष्कर्षः
कोभिड१९ स्वस्थ्य सङ्कट मात्र होइन यो सिङ्गो सभ्यताकै सङ्कट हो । विज्ञान माथिकै चुनौती हो । यस अतिरिक्त यो राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक महासङ्कट हो । यो सिङ्गो मानव समाजको सग्लो वा साझा दुस्मन हो । यसको बहुआयमिक दूरगामी असरलाई नजरअन्दाज गर्नुहुँदैन । यसको रोकथामका लागि सबै उपायहरु अपनाउनु पर्दछ । महामारीलाई नियन्त्रण बाहिर जान नदिनका लागि मुख्य बचाउ विधि बन्दाबन्दी नै हो । तर यो पूर्ण वा एकल समाधन भने होइन । समुचित व्यवस्थापन, परिचालन, परीक्षण, प्रचार र अनुगमनहरुको कुल संयोजन र सन्तुलनद्वारा मात्रै बन्दाबन्दी प्रभावकारी हुन्छ । कडा नाकाबन्दी, व्यापक परीक्षण, सरकारको एकीकृत पहल एवं जिम्मेवारी बोध अनि हरेक नागरिकले कर्तव्य र अनुशासनको पालन गरे खुकुलो बन्दाबन्दीद्वारा पनि यो महामारीलाई परास्त गर्न सकिन्छ ।

Comments

Popular posts from this blog

कालीगण्डकी उपत्यकाका पालिकाहरुलाई कालीगण्डकी नदिलाई व्यबसायिक प्रयोगका लागि नितिमा पेश गर्ने अबसर

THE IMPACT OF GLOBALIZATION ON FAST-FOOD RESTAURANT FRANCHISE – SUBWAY

REFLECTIVE ESSAY ON “CRITICAL THINKING AND MANAGERIAL DECISION MAKING”