स्वास्थ्य क्षेत्रमा बजेट वढ्यो


सरकारले आगामी आर्थिक वर्ष २०७७/७८का लागि स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ  अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेर ९० अर्ब ६९ करोड पुर्‍याइएको बताए  अघिल्लो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो 

यस्तै सरकारले स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको छ । मन्त्री खतिवडाले काठमाडौं उपत्यकामा ३ सय शय्याको सरुवारोग अस्पताल निर्माण गर्नुका साथै सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल बनाइने बताए । सबै प्रदेश राजधानीमा ५० शैयाको अस्पताल निर्माण गर्ने पनि अर्थमन्त्रीले बताए । 

अर्थमन्त्री युवराज खतिवडाले कोरोना महामारी तथा संक्रामक रोगको लागि रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राख्ने बताए । उनले कोरोनाको महामारी थप विस्तार हुन नदिन जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन, कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि औषधि ,उपकरणका लागि पनि जोड दिने बताए 

साथै सबै स्थानीय तहमा ५ देखि १५ शय्याका २ सय अस्पताल बनाउन पनि सरकारले बजेट विनियोजन गरेको छ । तीन वर्षमा सबै नागरिकमा स्वास्थ्य बीमा र आगामी वर्ष ४० प्रतिशत जनसंख्यालाई बिमाको दायरामा ल्याइने अर्थमन्त्री खतिवडाले बताए । यो कार्यक्रमका लागि साढे ७ अर्ब विनियोजन गरिएको उनले बताए । यस्तै सरकारले महिला स्वास्थ्य कार्यकर्ताको भत्ता दोब्बर पारेको छ 

त्यस्तै, सबै स्वास्थ्यसंस्थाबाट पोषणका कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने बजेटमा भनिएको छ । कान्ति बाल अस्पतालमा थप आइसियू सहितको उच्चशिक्षा अध्ययन गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ ।

Comments

Popular posts from this blog

कालीगण्डकी उपत्यकाका पालिकाहरुलाई कालीगण्डकी नदिलाई व्यबसायिक प्रयोगका लागि नितिमा पेश गर्ने अबसर

लकडाँउनको मोडालिटी परिवर्तन गर्ने की ?

महामारी नियन्त्रणका लागि विश्वका केही मुलुकका अनुभव