राष्ट्रसेवक कर्मचारीलाई देश दर्शन


सरकारले कोरोनाभाइरसका कारण तहसनहस भएको पर्यटन क्षेत्रलाई उकास्न विभिन्न योजनाहरू ल्याएको छ । खासगरी आन्तरिक पर्यटन प्रवर्द्धन तथा पर्यटन उद्योगको रक्षा गर्न देश दर्शन कार्यक्रम सन्चालन गर्ने भएको छ । निजामती कर्मचारी, संगठित संस्थाका कर्मचारीलाई देश दर्शनका लागि पठाइने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार कोरोना जोखिम सकिएलगत्तै देशदर्शन कार्यक्रम सन्चालन गरिने भएको छ । हवाई सेवा, होटेल, होटेल, ट्रेकिङ, ट्राभललगायत कम्पनीलाई विविध शुल्क र ब्याजमा अनुदान दिने घोषणा समेत अर्थमन्त्रीले गरेका छन् । साथै रारा तालको गुरुयोजना बनाउने तथा पर्यटकीय पूर्वाधार निर्माणलाई निरन्तरता दिने उनले उल्लेख गरे ।  त्यसैगरी पर्यटन विश्वविद्यालय  स्थापना लागि  सम्भाव्यता अध्ययन गरिने भएको छ ।
सरकारले माध्यमिकभन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई राख्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट बिहीबारको संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् । पर्यटन विषय अनिवार्य हो कि ऐच्छिक भन्नेबारे केही खुलाइएको छैन ।

Comments

Popular posts from this blog

कालीगण्डकी उपत्यकाका पालिकाहरुलाई कालीगण्डकी नदिलाई व्यबसायिक प्रयोगका लागि नितिमा पेश गर्ने अबसर

THE IMPACT OF GLOBALIZATION ON FAST-FOOD RESTAURANT FRANCHISE – SUBWAY

REFLECTIVE ESSAY ON “CRITICAL THINKING AND MANAGERIAL DECISION MAKING”