तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना र ६० वटा मालपोत स्थानीय तहलाई हस्तान्तरण गरिने
सरकारले आगामी आर्थिक
वर्षमा तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ। बिहीबार अर्थिक वर्ष
२०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा
गरेका हुन् । ‘बाँजो जमिन धेरै भएका
स्थानीय तहबाट भूमि बैंकको स्थापना गरिने छ’, अर्थमन्त्री खतिवडाले भने, ‘यसका लागि ५० करोड रकम विनियोजन गरिएको छ।’
_20200528102959.jpg)
सरकारले महिलाको नाममा
जग्गाको स्वामित्व हस्तान्तरण गर्दा थप सहुलियत दिने घोषणा गरेको छ। त्यसैगरी एक
वर्षमा सुकुम्बारीको व्यवस्थापन र व्यवस्थित बसोबासका लागि एक सय ६० वटा मालपोत र नापी कार्यालय स्थानीय
तहलाई अभिलेख सहित हस्तान्तरण गरिने बताएका छन् । स्थानीय जग्गा प्रशासन सम्बन्धी श्रेष्तालाई
भूआवद्ध सूचना प्रणालीमा आवद्ध गर्ने र सूचना प्रणालीमा आधारित घरजग्गा दर्ता
प्रणाली कार्यान्वयनमा ल्याइने उनको भनाई छ ।हमा कार्यक्रम चलाइने
सरकारले घोषणा गरेको छ।
Comments