मजदुर र महामारी
बाबुराम अर्याल मजदुर र महामारी प्रकाशित मिति २० वैशाख २०७७ आज कोभिड – १९ विश्वकै साझा दुस्मन बनिरहेको छ । गत वर्षको डिसेम्बरमा पहिलोपटक कोभिड - १९ भनिने नोभल कोरोना भाइरस वुहानमा देखिए पछिको झण्डै ४ महिनाको अन्तरालमा ३२ लाखभन्दा बढी सङ्क्रमित र दुई लाख तिसहजार भन्दा बढीको कोभिड – १९ का कारण मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड – १९ लाई गत मार्च ११ मा मात्र यसलाई एक विश्वव्यापी महामारीका रुपमा व्याख्या गरेको थियो । त्यसपछि मात्र विश्वका देशहरुले यस महामारीको रोकथामका मापदण्डहरु अपनाउन थालेका थिए । फलस्वरुप विश्व मानव समुदाय र अपवादमा केही मुलुकबाहेक सवै मुलुकलाई आक्रान्त पारेको कोभिड – १९ को महाव्याधीबाट पार पाऊन यतिवेला अधिकांश मुलुकले लकडाउनको विधिलाई प्रमुख विधिको रुपमा अपनाइरहेका छन । वास्तममा यसको चढ्दो ग्राफलाई नियाल्दा जटिल खोज – अनुसन्धान एवं प्रयोगद्वारा स्थापित गरेको वैज्ञानिक मान्यताहरु , सिङ्गो मानव सम्यता , र प्रविधिलाई नै चुनौती दिईरहेको आभाष हुन्छ । यस्तो महासङ्कटको बेला सबैखाले स्रोतसाधनको समुचित उपयोग गर्दै विश्व मानव समुदाय एक...