महामारी नियन्त्रणका लागि विश्वका केही मुलुकका अनुभव
बाबुराम अर्याल
वर्षको डिसेम्बरमा पहिलोपटक कोभिड-१९ भनिने नोभल
कोरोना भाइरस वुहानमा देखिए पछिको ४ महिनाको अन्तरालमा ४ लाख ८५ हजार भन्दा बढी
सङ्क्रमित र ३ लाख तिस हजार भन्दा बढीको कोभिड–१९ का कारण मृत्यु
भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई गत मार्च ११ मा मात्र यसलाई एक विश्वव्यापी
महामारीका रुपमा व्याख्या गरेको थियो । त्यसपछि मात्र विश्वका देशहरुले यस
महामारीको रोकथामका मापदण्डहरु अपनाउन थालेका थिए । विज्ञहरुका अनुसार कोभिड—१९ को मूल प्रजनन संख्या
करिब तीनको हाराहारीमा छ । अर्थात् एकजना संक्रमितले आफ्नो संक्रमणकालमा करिब
तीनजनालाई यो रोग सार्छ । औषधि र खोपको अभावमा यो मूल प्रजनन संख्यालाई कम गर्ने
उपाय सामाजिक चेतना हो जसका लागि राजनीतिक नेतृत्वको भूमिका महत्तवपूर्ण हुन्छ ।
फलस्वरुप विश्व मानव समुदाय र अपवादमा केही
मुलुकबाहेक सवै मुलुकलाई आक्रान्त पारेको कोभिड–१९ को महाव्याधीबाट पार
पाऊन यतिवेला अधिकांश मुलुकले लकडाउनको विधिलाई प्रमुख विधिको रुपमा अपनाइरहेका छन
। ताइवान, दक्षिण कोरिया, न्युजिल्यान्ड, अस्ट्रेलिया र स्लोभेनिया
जस्ता देशमा राजनीतिक नेतृत्वको सतर्कताले मूल प्रजनन संख्या एकभन्दा मुनि रह्यो ।
चीन, इटाली, स्पेन, जर्मनी आदि देशहरूमा यो संख्या अहिले एकभन्दा तल
झरेको छ। अमेरिकामा अहिले यो घटेर करिब एकको हाराहारीमा छ । ब्राजिल, रूस आदिमा यो अझै उच्च छ । गत हप्ताको आकडाअनुसार
भारतमा यो एक दशमलव तीनको हाराहारीमा छ। अर्थात् संक्रमण बढ्दोछ । वास्तममा यसको व्यापक फैलावटलाई नियाल्दा जटिल खोज–अनुसन्धान एवं
प्रयोगद्वारा स्थापित गरेको वैज्ञानिक मान्यताहरु, सिङ्गो मानव सम्यता र प्रविधिलाई नै चुनौती
दिईरहेको देखिन्छ ।
सङ्क्रमण असाध्यै तीव्र गतीमा फैलिएसँगै यसबाट बच्न
सबैखाले उपायहरु अवलम्बन गरिएको छ । तर पनि अपेक्षित सफलता हात लागेको देखिन्न । कोरोना भाइरसका कारण हरेक मुलुकका हरेक कामका क्षेत्र
प्रभावित छन् । बिश्वका आर्थिक रुपले सबल मानिएका सम्पन्न, शक्तिशाली मुलुकहरुले आफूसँग उपलब्ध श्रोत र साधनको अधिकतम उपयोग गर्दै आफ्ना प्रयासहरु जारी
नै राखेका छन् । कोरोना सङ्क्रमण
न्यूनीकरणका लागि जारी गरीएको विश्वव्यापी लकडाउनका कारणले दैनिक कामकाज बन्द
हुँदा अर्थतन्त्र, रोजगारी, कृषि, पर्यटन, व्यापार तथा व्यवसाय, पूर्वाधार तथा विकास निर्माणका लगायतका कामहरु प्रभावित
भएका छन । यसै सन्दर्भमा यस लेखमा विश्वमा भएका केही व्यवहारिक कदमहरु र
गर्नुपर्ने केही सुझावहरु प्रस्तुत गरिएको छ ।
लकडाउन वा बन्दावन्दी
आज सिङ्गो विश्व नै
बन्दाबन्दीको अवस्थामा छ । कसैले यसलाई निरपेक्षरूपमा लिएको देखिन्छ भने कसैले सापेक्षरूपमा
। चीनले कडा लकडाउनको विधिमार्फत यसलाई एक हदसम्म नियन्त्रण गर्ने प्रयास गर्यो ।
पछिल्लो समय प्रायः बहुसङ्ख्यक मुलुकहरुले चिनियाँ मोडेललाई अपनाइरहेका छन । यसको
अपवादमा यता अमेरिका र दक्षिण कोरियाले भने कडा बन्दाबन्दीको विधि अपनाएको छैन ।
तर यस विधिबाट कोरिया सापेक्षित सफल भए पनि अमेरिकाको अवस्था भने विकराल बनिरहेको
छ । अलजजिरा का अनुसार दक्षिण कोरिया महामारीलाई सफलतापूर्वक नियन्त्रण गर्ने देश
मध्येमा पर्दछ ।
न्युजिल्याण्डमा मार्च
२३ देखि फोर्थ लेभलको लकडाउन गरिएको थियो । अत्यावश्यकबाहेक सबै व्यापार व्यवसाय
बन्द थिए । हलभित्र र बाहिर गरिने सबै कार्यक्रममा रोक लगाइएको थियो । विद्यालय
बन्द गरेर अनलाइन क्लास सुरू गरियो । केही सुपरमार्केट र औषधि पसलमात्र
खोलेर नियमित दैनिक जीवन चलाइयो । लकडाउन गरेको पाँच सातापछि न्युजिल्याण्डले
कोभिड-१९लाई हराउने आफ्नो लक्ष्यमा सफलता पायो । धेरैलाई लाग्छ-
कोरोनाभाइरसविरूद्ध पाएको यो सफलतामा न्युजिल्याण्डले उत्सव मनाउनु पर्छ तर
प्रधानमन्त्री आर्डनले भने नागरिकलाई अहिले उत्सव मनाउनुको साटो झन् चनाखो हुनु पर्ने बेला
भएको बताएकी छन् । ‘हामी अझै खतराबाट बाहिर आइसकेका छैनौं,’ उनले
भनेकी छन् ।
लकडाउन खुकुलो पार्ने तयारी गर्दै
गर्दा जर्मनीमा कोरोना भाइरसको संक्रमणदर बढ्न पुगेको छ । अप्रिलको सुरुतिर जर्मनीले कोरोना भाइरस नियन्त्रणमा रहेको घोषणा
गरेको थियो । यद्यपि त्यहाँ नयाँ संक्रमणदर बढेर करिब १.० पुगेको छ । अर्थात् प्रत्येक एक संक्रमितले नयाँ मानिसलाई
संक्रमण फैलाइरहेको छ । केही दिनअघिसम्म जर्मनीमा नयाँ संक्रमणदर ०.७ भन्दा तल झरेको थियो । त्यस्तै जर्मनीमा मृत्युदर पनि बढ्न
थालेको छ । अहिलेसम्म त्यहाँ एक लाख ८० हजारभन्दा
बढी मानिस संक्रमित भइसकेका छन् भने ८ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
छिमेकी भारतमा
सङ्क्रमण दिन दुगुना र रात चौगुना बढ्नेक्रममा देखिन्छ । भारत विश्वमा ११ रौ
स्थानमा छ । जहाँ कोरोना संक्रमितको संख्या १३१ हजार नाघ्यो, भारतमा कोरोना संक्रमणबाट
ज्यान जानेको संख्या ३८०० वढी छ । भारतमा देखिएका यी संङक्रमितहरूमध्ये ८ हजार ३२४
जना भने उपचारपछि निको भएर फर्किएका छन् । शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना
भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको छ । महाराष्ट्रपछि गुजरात लगायत राजस्थान, मध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा उच्च
संक्रमित रहेका छन । यस भाइरसको संक्रमणमा विश्वमा नै एघारौ स्थानमा रहेको र यसरी दिन प्रतिदिन नयाँ नयाँ
संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका
छन् । भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस
(कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) साथै
संकटग्रस्त क्षेत्र कम वढी आदि घोषणा गरी अगाडी वढिरहेको छ ।
यस्तो वस्तुगत
अवस्थामा मूलतः बाहिरी मुलुकसँगको आवत–जावत बन्द गर्नु नेपालका
लागि महत्वपूर्ण पाइला हो । त्यसमा पनि भारतसँगको खुला सिमाना असाध्यै संवेदनशील छ
। यसकारण वैदेशिक सिमानाका पूर्णरूपमा बन्द गर्नु प्राथमिक सर्त हुनजान्छ । तर
नागरीकहरु आफ्नो मातृभूमी फर्कने व्यवस्था भने व्यवस्थित तवरले गर्न जरुरी छ । भारतसँगको
आउजाउ हाम्रो लागि धेरै चुनौतीपूर्ण छ ।
आपतकालीन समयको घोषणा
जापानमा
संयुक्तराज्य अमेरिका र युरोपको जस्तै कोरोना संक्रमण छैन । आजसम्म जापानमा करिब १६
हजारमा कोरोना संक्रमण देखिएको छ भने ८०८ जनाको मृत्यु १३२४४ निको भएका छन् ।
तर जापानमा कम परीक्षण गरिएको भन्दै आलोचना हुने गरेको छ । एएफपीका अनुसार कोरोनाभाइरसको
संक्रमणको वास्तविक वृद्धिदर अस्पष्ट रहेको उनीहरुको भनाई छ । जापानका
प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरसका कारण आपतकाल जारी गरेका छन ।
कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा
देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण फैलिएसँगै
आपतकाललाई देशव्यापी बनाइएको थियो । प्रधानमन्त्री आबेले आपतकाललाई मे महिनाभर वा
अर्को जुन महिनाको ६ तारिखसम्म थप गर्न सक्ने स्थानीय सञ्चारमाध्यमहरुले जनाएका
छन् ।
व्यवस्थित र र्यापिड परीक्षण
जति धेरै परिक्षण गर्न सकिन्छ त्यति वढी सङ्क्रमण
पत्ता लाग्छ जसले गर्दा उपचार गर्न तथा थप फैलिनवाट नियन्त्रण गर्न सकिन्छ । तसर्थ
कोभीड–१९
को सङ्क्रमण कम गर्ने अर्को मुख्य विधि भनेको व्यापक परीक्षण नै हो । प्राविधिक
स्वास्थ्य जनशक्तिको परिचालन,
भौतिक पूर्वाधार र प्रविधिको पर्याप्तता, व्यवस्थित
आईसोलेसन तथा क्वारेन्टाईन,
सामग्री खरिद र विरामीहरुको समुचित व्यवस्थापनलाई
उच्च प्राथमिकतामा राख्नुपर्दछ । स्रोत साधनहरुको बृहत् व्यवस्थापन गर्दै
देशभरि व्यापक परीक्षणको नीति लिनुपर्दछ । उच्च मनोबल र विश्वाससहित काम गर्न
स्वस्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई प्रोत्साहन र हौसलाजन्य कार्यत्क्रमहरु ल्याउनुपर्दछ
। अर्थात व्यापक ट्रयाकिङ र ट्रेसिङसँगै गरिएको आम परीक्षणको बलमा आन्तरिक रूपमा
बन्दाबन्दी केही खुकुलो गर्न सकिने सम्भावना देखिन्छ । उदाहरणको रुपमा न्युजिल्याण्डले
परीक्षणको दायरामात्र बढाएन, परीक्षण
गर्ने उपकरण पनि भरपर्दा प्रयोग गर्यो ।
विश्व
स्वास्थ्य संगठनको आपतकालीन स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डाक्टर माइक
रायनका अनुसार कुनै राज्य वा देशले गरेका परीक्षणमध्ये ९ प्रतिशत वा सोभन्दा कम
पोजेटिभ केस देखिए भने त्यो देशले राम्ररी परीक्षण गरेको हुन सक्छ । न्युजिल्याण्डको
पोजेटिभ केस भेटिने दर एक प्रतिशतमात्र थियो। यसको अर्थ त्यहाँ सरकारको राडारमा
नपरेको समुदायस्तरको संक्रमण फैलिसकेको छैन भन्ने हो । त्यसैगरी अरू देशमा एक जना
कोरोना संक्रमितले झन्डै २.५ मानिसलाई कोरोना सारेको देखिएको छ तर न्युजिल्याण्डमा
भने यो दर ०.४ प्रतिशत छ । अर्थात् त्यहाँ दुई जना संक्रमितबाट एक जनामात्र मात्र
संक्रमण थपिएको छ । प्रधानमन्त्री आर्डनले भनेकी छिन की अझैपनि ‘यसले
हामीलाई कोरोनाभाइरस उन्मूलन गर्ने हाम्रो लक्ष्य लक्ष्य भेटायौं भन्नुको अर्थ
संक्रमितको संख्या शून्य नै भयो भन्ने नभइ हरेक संक्रमणप्रति शुन्यसहनशिलता भन्ने
हो,’ ।
सामाजिक
र भौतिक दूरी कायम गर्ने र निगरानी तथा अनुगमनमा कडाइः
विहान
साझपख मानिसको भिडभाड देख्दा लाग्छ लकडाउन सोझा साझा जनतालाई रहेछ । त्यसकारण
स्थानीय निकायको व्यापक निगरानी तथा अनुगमन आवश्यक छ । कोभिड–१९ जस्ता
महामारीबाट बच्नको लागि सामाजिक दूरी कायम गर्नु सर्वाधिक महत्त्वपूर्ण पक्ष हो ।
सामाजिक दूरी भनेको एक व्यक्तिबाट अर्को व्यक्ति बीचका सबैखाले सामाजिक तथा
सांस्कृतिक सम्पर्क वा गतिविधिलाई बुझाउँछ । अर्थात समाजमा गरिने सबैखाले उठबस वा
सम्बन्धहरु यसभित्र पर्दछ । सरकारी काम,
सामाजिक कार्य,
बन्दव्यापार,
किनमेल लगायतको गतिविधिहरु गर्दा असाध्यै संवेदनशील
र सचेत भएर दूरी कायम गर्नुपर्दछ । अत्यावश्यक वाहेकका काममा वाहिर ननिस्कने । नागरीक
सचेत वनि नागरीक शिक्षाको परिपालना गर्नुपर्छ ।
अस्ट्रेलियामा
अर्थशास्त्रीहरूले सरकारलाई कोरोना भाइरसको संक्रमण रोकथाममा प्रभावकारी मानिएको
सामाजिक दूरीको अभ्यासलाई खुकुलो पार्न नहुने चेतावनी दिएका छन् । कोरोना
संक्रमितको संख्या घट्दै आएको भएपनि उनीहरूले त्यस्तो नगर्न चेतावनी दिएका हुन् । कोरोना
भाइरस फैलिन सुरु भएपछि आफ्ना अन्तराष्ट्रिय सीमानाकाहरू बन्द गर्नुका साथै
मानिसहरूको चहलपहलमा प्रतिबन्ध लगाएको अस्ट्रेलियामा कोरोनाको प्रभाव विश्वका अन्य
मुलुकको तुलनामा कम छ । प्रधानमन्त्री स्कट मोरिसनले नागरिकहरूलाई सामाजिक दूरीका
नियमहरु पालना गर्न आग्रह गरेका छन् ।
स्वस्थ्य
मापदण्डमा कडाइः
चोकचोकमा अहिले पनि चुरोटको धुवाले मानिसलाई लकडाउन
होईन की भन्ने अनुभुति दिलाउँछ । रक्सीको व्यापार भारतमा जति त नहोला तर नेपालमा
पनि मदिराको कालावजारी हुने हो की भन्ने संका गर्ने वेला आईसकेको छ । एजेन्सीहरुले जनाए अनुसार इरानका अधिकांश भागमा रक्सी प्रतिबन्ध रहेको छ । विषाक्त मादक पदार्थ रक्सी सेवन गर्दा
कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी
सेवन गरेका कुल ७२८ जनाको
मृत्यु भएको इरानका अधिकारीहरुले जनाएका छन् । इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७
हजार ३५९ पुगेको छ भने, १३३ हजारभन्दा बढी संक्रमित भएका छन् । एएनआई
का अनुसार यो संख्या मध्य पूर्वकै सवैभन्दा धेरै भएको र विश्वमा दशौ स्थानमा रहेको
जनाइएको छ ।
तसर्थ
कुनै पनि महामारी विरुद्धको अचुक अस्त्र भनेको हरेक नागरिकले आफ्नो स्वास्थ्यको आफै
ख्याल राख्ने पनि हो । सबैखाले स्वस्थ्यमा सधैँभन्दा बढी ध्यान दिनुपर्दछ । सरसफाइमा
जोड गर्नुपर्दछ । साबुनपानीले मिचिमिची हात धुने, नियमित नुहाउने, ज्वरो चेक गरिरहने, मास्क लगाउने अनि सेनिटाइजरको प्रयोग गर्नुपर्दछ ।
त्यति मात्र होइन, हातले
मुख, नाक
र आँखालाई छुनु हुँदैन । हाछ्युँ गर्दा र सिगान फ्याँक्दा रुमालको प्रयोग
गर्नुपर्दछ । कुनै पनि कार्यालय,
हाटबजार,
मलामी लगायतको जमघटहरुमा उपस्थित हुँदा मास्क लगाउने
र सेनिटाइजरको अनिवार्य उपयोग गर्नुपर्दछ ।
प्रमाणित विज्ञानमा भर
ओटागो
विश्वविद्यालयको जनस्वास्थ्य विभागका प्राध्यापक माइकल बेकरका अनुसार
न्युजिल्याण्डबाट सिक्न सकिने पाठ भनेको प्रमाणित विज्ञान र सही नेतृत्वको मिश्रण
हो । लकडाउनभरि प्रधानमन्त्री आर्डन नियमित पत्रकार सम्मेलनमा उपस्थित भइन् ।
पत्रकारले सोधेका कतिपय प्रश्नको उत्तर दिन उनले विज्ञ डाक्टरलाई सँगै
राखिन् । ‘न्युजिल्याण्डमा प्रमाणित विज्ञान र सानदार
नेतृत्वबीच अद्भूत संयोजन भयो । मलाई लाग्छ यी दुई सँगै हुँदा निकै प्रभावकारी
हुन्छन्,’ बेकरले भने,‘न्युजिल्याण्डभन्दा
निकै राम्रो विज्ञान र स्रोत र भएका अमेरिका, बेलायतजस्ता
मुलुकले पनि त्यसको प्रभावकारी प्रयोग गर्न नसकेको देखेर मलाई साँच्चै दु:खी
बनाउँछ ।’क्यानडा सरकारले कोरोनाभाइरसबाट जुध्न देशका
नागरिकका लागि १८.६ विलियन डलर आर्थिक प्याकेजको घोषणा गरेको छ । त्यसैगरी
प्रधानमन्त्री जस्टिन ट्रुडोले अर्थतन्त्रमा पारेको असरलाई उत्थान गर्न र कोरोनाभाइरसका
कारण संघर्ष गरिरहेका परिवार तथा व्यापारीहरूलाई प्रत्यक्ष रूपमा सहयोग गर्न २७
विलियन डलर छुट्याउने घोषणा गरेका हुन् ।
जनचेतनामा
वृद्धिः
मलाई
केही भएको छैन भनेर लखरलखर डुल्नु तपाँइको गल्ती हो । अर्कालाई भएको हुन सक्छ र
सर्नसक्छ । अनावश्यक काममा डुल्नु कोरोनाको वर्खिलाप हो । तपाई सङक्रमित हो वा
होईन परिक्षण नै भएको छैन त्यसैले आफ्नो र परिवारको मात्र नभई समाज र राष्टको
निम्ति यतिवेला तपाईको योगदानको आवश्यकता छ । कोभिड–१९ को असर,
प्रभाव,
लक्षण र संवेदनशीलताको बारे व्यापक जनचेतनामूलक
प्रचार–प्रसार
गर्नुपर्दछ । समाचार संम्पेषण तथा पढ्दा पनि छानेर पढ्ने वानीको विकास गर्नु छ ।
तसर्थ
यो भाइरसको लक्षण, सर्ने
सम्भावित माध्यम, क्षति, बच्ने
उपाय र त्यसबाट पर्न जाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभावको सन्दर्भमा
व्यापक प्रचार–प्रसार
अनिवार्य देखिन्छ । फगत सामाजिक सन्जालका ताई न तुईका हल्लाका पछाडी नलाग्दा नै
वेश ।
बोस्नियामा
भने लकडाउन खुकुलो पारेसँगै कोरोना भाइरसको संक्रमणमा तीव्र वृद्धि भएको छ । बोस्नियाक-क्रोट
फेडरेशन र सर्ब रिपब्लिक दुबैले गत महिना कोरोना भाइरसको प्रकोपपछि लकडाउन गरेका
थिए । यहाँ ६५ वर्ष माथिका जेष्ठ नागरिक र १८ वर्ष मुनिका बालबालिकालाई घर बाहिर
जान प्रतिबन्ध लगाएको छ । तर सर्ब रिपब्लिकले जेष्ठ नागरिकहरूलाई प्रत्येक दिनमा
तीन घण्टा घर बाहिर निस्कन मिल्ने व्यवस्था मिलाएको थियो । त्यस्तै केही
व्यवसायहरू पुनः खोल्ने अनुमति दिइएको थियो । तर बोस्नियाको
दुई क्षेत्रमा लकडाउन सहज पारेसँगै कोरोना भाइरसका नयाँ संक्रमित संख्यामा महिनाकै
उच्च दैनिकी वृद्धि देखिएको छ । नयाँ संक्रमति केस पुष्टि भएको अधिकारीहरूले
संक्रमणमा वृद्धि देखिएसँगै नागरिकहरूलाई पुनः भेला नगर्न र सधै मास्कको प्रयोग
गर्न आग्रह गर्दै आएको छ । यसले
के देखाउँछ भने संक्रमणवाट सजग रहन नागरिकमा चेतना र पालना दुवै आवश्यक पर्दछ ।
तत्कालको
काम आइसोलेसन
अकल्याण्ड
युनिभर्सिटीका माइक्रोबायोलोजिस्ट सिओक्सी वाइल्सले विविसीमा दिएको जानकारी अनुसार
न्युजिल्याण्डले यति कडा कदम चाल्नुका पछाडि केही कारणहरू छन् । ‘हामीसँग
अरू देशका तुलनामा धेरै इन्सेन्टिभ केयर बेड छैनन् । त्यही भएर प्रधानमन्त्रीले
जतिसक्यो चाँडो कडा कदम चाल्नुभयो’ ।
न्युजिल्याण्ड
सुरूदेखि नै कोभिड-१९ विरूद्धको लडाइँमा कतै नचुकी काम गरेको थियो । त्यहाँ पहिलो
संक्रमित फेब्रुअरी २८ मा भेटिएका थिए । समुद्रको बीचमा रहेको राष्ट्र भएकाले यहाँ
विदेशी उडानको ट्रान्जिट पनि हुँदैन । अर्को कुरा अमेरिका र अष्ट्रेलियाजस्तो
संघीयता त्यहाँ छैन यो एकात्मक शासन प्रणाली भएको देश हो । तर यी कारणलेमात्र
न्युजिल्याण्डले कोरोनालाई हराउन सकेको होइन । उसले जे विधि अपनाएको छ त्यही विधि
संसारका अरू कयौं मुलुकले पनि अपनाउन सक्थे- तत्काल काम थाल्ने, परीक्षणको
दायरा फराकिलो पार्ने र प्रमाणित विज्ञानमा पूर्ण भर पर्ने । अरू थुप्रै
देशले झैं न्युजिल्याण्डले पनि यसलाई रोक्न आवश्यक कदम नचाले महामारी फैलिने
ठान्यो । तर कतिपय देश के गर्ने कसो गर्ने भनेर अलमलिए, न्युजिल्याण्डले
तत्कालै काम थालिहाल्यो ।
अन्य
कडाइः
मुख्यतः
यस्तो सङ्कटको बेला सर्वपक्षीय संयन्त्रहरुको एकीकृत पहल,
प्रयत्न र विचार साटासाट धेरै प्रभावकारी हुन्छ ।
यसले सबैलाई जिम्मेवार र गम्भीर बनाउँछ । नागरीकका कर्तव्य भूल्ने अनि सरकारमाथि
दोष थोपर्दै आफू पन्छिने अनि सस्तो चुनावी लोकप्रियताका लागि राजनीतिक धरालत
बनाउने पुरानै परम्परागत प्रवृत्तिलाई पनि निरुत्साहित गर्दछ । यसतर्फ सरकारले
उचित ध्यान दिनु जरुरी देखिन्छ । किनकि यो साझा शत्रु हो । साझा
दुस्मनविरुद्ध लड्ने तरिका पनि साझा नै हुनुपर्दछ । युरोपका राष्ट्रहरु मध्ये
फ्रान्सले समेत कोरोना भाइरस संक्रमणका कारण उच्च मृत्यु दर सामना गरेको छ । फ्रान्स
मार्च १७ देखि लकडाउनमा रहँदै आएको छ । मृतक संख्या बढेपनि पछिल्लो समय त्यहाँ
संघन उपचार गर्नुपर्ने विरामीको संख्यामा भने १.३ प्रतिशतको मात्र वृद्धि देखिएको
छ । यसैगरी त्यहाँ लगातार सघन उपचार कक्षमा आउने विरामीको संख्या घटेको छ । फ्रान्सका
प्रधानमन्त्री एडुअर्ड फिलिपले सार्वजनिक यातायात र विद्यालयमा मास्कको अनिवार्य
गर्नुपर्ने बताएका छन् । उनले सबै कम्पनीलाई आफ्नो कर्मचारीहरुलाई मास्क वितरण
गर्ने आदेश दिइएको बताएका छन् । केही स्थानमा भने सरकारले समेत सहयोग गर्ने
प्रधानमन्त्री फिलिपले बिबिसीलाई बताएका छन् ।
निष्कर्षः
कोभिड–१९ स्वस्थ्य सङ्कट मात्र होइन यो सिङ्गो सभ्यताकै सङ्कट हो । विज्ञान माथिकै चुनौती हो । यस अतिरिक्त यो राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक महासङ्कट हो । यो सिङ्गो मानव समाजको सग्लो वा साझा दुस्मन हो । यसको बहुआयमिक दूरगामी असरलाई नजरअन्दाज गर्नुहुँदैन । यसको रोकथामका लागि सबै उपायहरु अपनाउनु पर्दछ । महामारीलाई नियन्त्रण बाहिर जान नदिनका लागि मुख्य बचाउ विधि बन्दाबन्दी नै हो । तर यो पूर्ण वा एकल समाधन भने होइन । समुचित व्यवस्थापन, परिचालन, परीक्षण, प्रचार र अनुगमनहरुको कुल संयोजन र सन्तुलनद्वारा मात्रै बन्दाबन्दी प्रभावकारी हुन्छ । कडा नाकाबन्दी, व्यापक परीक्षण, सरकारको एकीकृत पहल एवं जिम्मेवारी बोध अनि हरेक नागरिकले कर्तव्य र अनुशासनको पालन गरे खुकुलो बन्दाबन्दीद्वारा पनि यो महामारीलाई परास्त गर्न सकिन्छ ।
कोभिड–१९ स्वस्थ्य सङ्कट मात्र होइन यो सिङ्गो सभ्यताकै सङ्कट हो । विज्ञान माथिकै चुनौती हो । यस अतिरिक्त यो राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक महासङ्कट हो । यो सिङ्गो मानव समाजको सग्लो वा साझा दुस्मन हो । यसको बहुआयमिक दूरगामी असरलाई नजरअन्दाज गर्नुहुँदैन । यसको रोकथामका लागि सबै उपायहरु अपनाउनु पर्दछ । महामारीलाई नियन्त्रण बाहिर जान नदिनका लागि मुख्य बचाउ विधि बन्दाबन्दी नै हो । तर यो पूर्ण वा एकल समाधन भने होइन । समुचित व्यवस्थापन, परिचालन, परीक्षण, प्रचार र अनुगमनहरुको कुल संयोजन र सन्तुलनद्वारा मात्रै बन्दाबन्दी प्रभावकारी हुन्छ । कडा नाकाबन्दी, व्यापक परीक्षण, सरकारको एकीकृत पहल एवं जिम्मेवारी बोध अनि हरेक नागरिकले कर्तव्य र अनुशासनको पालन गरे खुकुलो बन्दाबन्दीद्वारा पनि यो महामारीलाई परास्त गर्न सकिन्छ ।
Comments