Posts

वर्तमान सन्दर्भमा शिक्षण तथा सिकाईमा सरकार, शिक्षक र अभिभावकको भूमिका

Image
बाबुराम अर्याल वर्तमान सन्दर्भमाशिक्षण तथा सिकाईमा सरकार, शिक्षक र अभिभावककोभूमिका प्रकाशित मिति : २०७७ बैशाख २५ बिहिबार यतिखेर सारा विश्व कोरोना भाइरसको बढ्दो संक्रमणवाट आक्रान्त छ । एउटा अदृष्य जिवाणु मानव जीवनलाई चुनौती दिदै विश्वकै साझा दुस्मन बनिरहेको छ । आजका दिनसम्म ३५ लाखभन्दा बढी सङ्क्रमित र दुई लाख पचास हजार भन्दा बढीको कोभिड – १९ का कारण मृत्यु भइसकेको छ । प्रथम चरणमा नै यसको बढ्दो गतीलाई नियाल्दा जटिल खोज – अनुसन्धान एवं प्रयोगद्वारा स्थापित गरेको वैज्ञानिक मान्यताहरु , सिङ्गो मानव सम्यता र प्रविधिलाई नै यसले चुनौती दिईरहेको आभाष हुन्छ । आर्थिक रुपले सम्पन्न एंव विकसित र शक्तिशाली राष्ट्र भनाउदाहरू समेत निरीह बनिरहेको सन्दर्भमा नेपाल जस्तो आर्थिक एंव सामाजिक विकासका दृष्टिले पछाडि रहेको मुलुकका निम्ति सामाजिक विकासको   महत्वपूर्ण अवयवका रुपमा रहेको   शिक्षा क्षेत्रमा पनि यसको गभ्भिर असर परेको छ नै । संयोगवश एकातिर नेपालको सन्दर्भमा शैक्षिक सत्र सकिएको र अर्कोसत्र सुरु हुने बेला परेको छ । भने अर्कातिर एसईई दिन लागेका किशोर / किशोरीको परीक्ष...