बाबुराम अर्याल वर्षको डिसेम्बरमा पहिलोपटक कोभिड-१९ भनिने नोभल कोरोना भाइरस वुहानमा देखिए पछिको ४ महिनाको अन्तरालमा ४ लाख ८५ हजार भन्दा बढी सङ्क्रमित र ३ लाख तिस हजार भन्दा बढीको कोभिड – १९ का कारण मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड – १९ लाई गत मार्च ११ मा मात्र यसलाई एक विश्वव्यापी महामारीका रुपमा व्याख्या गरेको थियो । त्यसपछि मात्र विश्वका देशहरुले यस महामारीको रोकथामका मापदण्डहरु अपनाउन थालेका थिए । विज्ञहरुका अनुसार कोभिड — १९ को मूल प्रजनन संख्या करिब तीनको हाराहारीमा छ । अर्थात् एकजना संक्रमितले आफ्नो संक्रमणकालमा करिब तीनजनालाई यो रोग सार्छ । औषधि र खोपको अभावमा यो मूल प्रजनन संख्यालाई कम गर्ने उपाय सामाजिक चेतना हो जसका लागि राजनीतिक नेतृत्वको भूमिका महत्तवपूर्ण हुन्छ । फलस्वरुप विश्व मानव समुदाय र अपवादमा केही मुलुकबाहेक सवै मुलुकलाई आक्रान्त पारेको कोभिड – १९ को महाव्याधीबाट पार पाऊन यतिवेला अधिकांश मुलुकले लकडाउनको विधिलाई प्रमुख विधिको रुपमा अपनाइरहेका छन । ताइवान , दक्षिण कोरिया , न्युजिल्यान्ड , अस्ट्रेलिया र स्लोभेनिया जस्ता देशमा राजनीतिक न...
Comments