बाबुराम अर्याल अहिले बिश्वका सबै देशहरु कोरोनाको भाइरसबाट सिर्जित महामारी र यसँगै सम्बद्ध समाचारबाट ज्ञान बढाउदै जोखिमसंग जुधिरहेको अबस्था छ । हाम्रो मुलुक पनि यही महामारीसँगै सङ्घर्षर्शिल छ । बिश्वका सम्पन्न , शक्तिशाली र आर्थिक रुपले सबल मानिएका मुलुकहरुको तुलनामा हामी सिमित श्रोत र साधनको अधिकतम उपयोग गर्दै हाम्रा प्रयासहरु अगाडी बढाइरहेका छौ । चिनियाँ शहर वुहानमा गत वर्ष डिसेम्बरबाट देखा परेको कोरोना भाइरसबाट विश्वभरमा ३० लाख मानिस संक्रमित भएका छन्। रोयटर्सको तथ्यांक अनुसार सोमबारसम्म संक्रमणका कारण २ लाख ५ हजार ९४८ जनाले ज्यान गुमाएका छन्। नेपालमा पहिलो पटक वुहानबाट आएका एक व्यक्तिमा २३ जनवरी अथात् माघ ९ गते कोरोनाको संक्रमण भेटिएको थियो। यसको झन्डै दुई महिना पछि , यसको संक्रमण रोक्न देशलाई लकडाउन गरियो। मन्त्रीपरिषदले वैशाख १४ को निणर्य वमोजिम लकडाउनको अवधि बढाएर वैशाख २५ गतेसम्म पुर्याएको छ , तर पछिल्लो समयमा सडकमा चेकिङ फितलो भएको मौका छोपेर सवारी साधन लिएर सडकमा निस्कनेहरु वढी भएको महसुष गरी गृह मन्त्रालयले सोमबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्या
Comments