बाबुराम अर्याल सूचना भन्नाले सङ्केतहरूको समूह हो , जसलाई सन्देशको रूपमा व्याख्या गर्न सकिन्छ । सूचनालाई सङ्केतको रूपमा अभिलेख राख्न वा सन्देशको रूपमा सञ्चार गर्न सकिन्छ । सूचना कुनै खास परिस्थिति वा अवस्थाको बारेमा कुनै स्रोतबाट प्राप्त वा सञ्चार गरिएको ज्ञानलाई बुझिन्छ । यो एउटा प्रश्नको उत्तर हो । सूचनाले कुनै विषयको बारेमा अज्ञानता वा अनिश्चितता हटाउन मद्दत गर्दछ । कुनै पनि देशको संविधानले प्रत्याभूत गर्ने न्युनतम आधारभूत अधिकार मध्येको एक अधिकार हो सूचनाको हक । कुनै पनि सार्वजनिक या सरकारी संस्थाहरूले गरेका काम कार्यबाहीका बारेमा निश्चित समयान्तरमा जानकारी सार्वजनिक गर्ने व्यवस्था गरिएको हुन्छ , यदि गरिएन भने पनि सर्वसाधारणले जानकारी माग्न पाउने र मागे अनुसारको जानकारी उपलव्ध गराइनु पर्ने गरि देशको मूल कानून संविधानद्वारा नै व्यवस्था गरिएको व्यवस्थालाई नै सूचनाको अधिकार भनिन्छ । सूचनाको हक नेपाली नागरिकहरुको मौलिक हक हो भन्ने कुरालाई नेपालको संविधानले सुनिश्चित गरेको छ । सार्वजनिक प्रशासनको क्षेत्रमा सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको ...
बाबुराम अर्याल कालीगण्डकी अथवा गण्डकी नदी संसारको सबै भन्दा गहीरो गल्छी बनाएर बग्ने नदी हो। यो नदीबाट नेपालको सबैभन्दा ठूलो जलविद्युत उत्पादन केन्द्र सञ्चालित भैरहेको छ । यो नदीले ठूलो मात्रामा कालो रङ्गको माटो बगाएर ल्याउने भएकाले यसलाई काली गण्डकी नामाकरण गरिएको हुनुपर्दछ । तिब्बत मा उत्त्पत्ति भएर मुस्ताङ जिल्ला हुँदै नेपाल छिर्छ। कागबेनी भन्ने स्थानमा मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङ खोला मिसिन्छन् र त्यसपछि उक्त नदीलाई काली गण्डकी भनिन्छ। हिन्दू धर्म का विष्णु भगवान को साक्षात् रूप मानिने अति दुर्लभ शालिग्राम पाइने एकमात्र स्थानका रूपमा रहेको तथा मुक्तिनाथ र देवघाट जस्ता पवित्र धार्मिक तीर्थस्थललाई जोड्ने कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिकमात्र नभई पर्यटकीय महत्वसमेत रहेको छ । हिन्दू हरूको लागि अति पूजनीय कालो रङ्गको बाटुलो शिला (ढुङ्गा) नै शालिग्राम हाे । संस्कृतमा यसलाई शालग्राम भनिन्छ । पश्चिम नेपालको कालीगण्डकी नदी यसको लागि प्...
Comments